सेयर ग्राफः मोटाएको कि सुन्निएको ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर ग्राफः मोटाएको कि सुन्निएको ?

७ फागुन, काठमाडौं । गत साताको अन्तिम कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव २३ अंकले उकालो लागेर २ हजार ६ सय ३६ दशमलव ६८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.७७ प्रतिशतले वृद्धि भएको छ । यो साताको पहिलो दिन आइतबार पनि बजार झिनो अंकले उकालो नै लाग्यो ।

गत बिहीबारमात्रै होइन गत साता नै समग्रमा बजार बढेको छ । नेप्से परिसूचकले नयाँ उचाइ लिएको छ । कोरोना नियनत्रण गर्न भन्दै सरकारले गरेको लकडाउनसँगै केही समय बन्द भएको बजार लकडाउन खुलेसँगै एक किसिमको बहादुर देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनयताको मात्रै तथ्यांक हेर्ने हो भने पनि नेपाली सेयर बजारमा नयाँ–नयाँ रेकर्ड कायम भएको छ । माघ महिनामा त झन् दिनदिनै बजारले नयाँ रेकर्ड कायम गर्यो । पछिल्लो ६ महिनाकै तथ्यांक हेर्ने हो भने नेप्से परिसूचक दोब्बरले बढेको छ भने लगानीकर्ताको पुँजी पनि १६ खर्ब रुपैयाँले वृद्धि भएको छ ।

Read More
  • MBL - below news