नागरिक लगानी कोषको ३ लाख ५४ हजार कित्ता सेयर लिलामीमा आउने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नागरिक लगानी कोषको ३ लाख ५४ हजार कित्ता सेयर लिलामीमा आउने

काठमाडौं :  नागरिक लगानी कोषले बिक्री खुला गरेको ८२.८४% हकप्रद सेयर बाँडफाँट भएको छ । यस कम्पनीले १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड ३२ लाख ३८ हजार ३७८.९५ कित्ताका लागि मात्र आवेदन परेको छ । यसआधारमा ३ लाख ५४ हजार २१३.०५ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याउनेछ ।
 

नागरिक लगानी कोषले पुस २८ गतेबाट माघ १९ गतेसम्म १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । हाल नागरिक लगानी कोषको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । हकप्रद र बाँकी रहेको सेयर लिलामी बिक्रीपछि पुँजी ३ अर्ब पुग्नेछ ।  

Read More
  • MBL - below news