साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २५ अंक बढेको छ।
अघिल्लो कारोबार दिन ३.६६ अंक बढेर २६४०.३५ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा २५.५२ अंक बढेर २६६५.८६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ५.७४ अंक बढेको छ।
सोमबार प्रि ओपन ५९ सेसनमा कम्पनीको २ करोड ५९ लाख ५९ हजार ५८ रुपैयाँ बराबरको ५१ हजार ५२२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४६ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।







