एनआईसी एशिया बैंकले नेपालमा पहिलोपटक भित्र्याएको कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिस नामक फिनटेक कम्पनीले आम व्यवसायीहरू माझ पुर्याउने भएको छ ।
उक्त कम्पनीले नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली संचालक (पीओएस) को सेवा तथा सुविधा गर्ने अनुमति प्राप्त गरेपश्चात् बैङ्कले ल्याएको अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइबरसोर्सको गेटवे प्रणालीलाई नेपालमा सरल डिजिटल भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउने विश्वास बैङ्कले लिएको छ ।
यसबाट इच्छुक मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैङ्कद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गर्न सक्नेछन् ।