जग्गा किनबेच गर्न अब सेयरकै झल्को दिने गरी ‘ल्यान्ड मार्केट’ सञ्चालन गरिने, कसरी हुन्छ कारोबार ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जग्गा किनबेच गर्न अब सेयरकै झल्को दिने गरी ‘ल्यान्ड मार्केट’ सञ्चालन गरिने, कसरी हुन्छ कारोबार ?

काठमाडौं : सरकारले जग्गा–जमिन कारोबारका लागि सेयर कारोबार जस्तै भूमि बजार (ल्यान्ड मार्केट) सञ्चालनमा ल्याउने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सेयर कारोबार भए जस्तै ‘ल्यान्ड मार्केट’ मा जमिनको कारोबार हुने गरी व्यवस्था ल्याउन लागेको हो । यसको लागि मन्त्रालयले आन्तरिक रुपमा अध्ययन गरिरहेको प्रवक्ता जनकराज जोशीले बताए ।

उनले भने, ‘ल्यान्ड मार्केट’ का लागि हामीले आन्तरिकरुपमा अध्ययन गरेका छौं । अबको एक साता भित्रै प्रारम्भिक प्रतिवेदन आउनेछ ।’ उनले प्रारम्भिक प्रतिवेदन आएपछि सरोकावाला निकायसँग आवश्यक थप छलफल गर्ने बताए । प्रवक्ता जोशीले भने, ‘प्रारम्भिक प्रतिवेदन आएपछि सरोकारवाला निकायसँग छलफल अगाडि बढाएर पूर्णपाठको प्रतिवेदन ल्याउँछौं । यसका लागि करिब १ देखि डेढ महिना समय लाग्छ ।’

उनले पहिलो चरणमा भूमि खरिदबिक्रीलाई व्यवस्थित गर्नका लागि भूमि बजार आवश्यक रहेको औंल्याइएकाले त्यसतर्फ पनि अध्ययन गरिएको उनले जानकारी दिए । ‘जग्गा खरिद बिक्रीका लागि आधिकारिक संस्था खडा गरी सो मार्फत खरिदबिक्री हुने अवस्था सिर्जना गर्न ल्यान्ड मार्केटको अवधारण ल्याउन लागिएको हो’ प्रवक्ता जोशीले भने । तथापि, भूमि बजार सरकारी स्वामित्वको हुने वा निजी स्वमित्वको हुने भन्ने विषयमा मन्त्रालयलमा छलफल चलिरहेको उनको भनाई छ ।

Read More
  • MBL - below news