काठमाण्डौ। सेयर बजारमा रौनक कायमै छ। ब्रोकर हाउसहरुमा अहिले कारोबार खाता खोल्नेहरुको लर्को लाग्ने गरेको छ।
आज धितोपत्र कारोबार हुने पहिलो दिन आइतबार सधैँजसो हामी आफ्नो ग्राउन्ड जीरो स्तम्भका लागि हामी राजधानीका विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताका विचार सुन्ने क्रमलाई जारी राखेका छौँ। यसै सिलसिलमा बिहान ११ बज्दा नबज्दै हामी नक्सालको नागपोखरीस्थित ब्रोकर नं. ५८ नासा सेक्युरिटिज पुग्यौँ। यो ब्रोकर हाउसमा सबैलाई पस्नै अनुमति छैन। गेटमै सोधपुछ गरेर आवश्यकलाई मात्रै भित्र पठाइने अनौठो व्यवस्था रहेछ। गेटमै सोधपुछपछि हामी भित्रै पस्यौँ। करिब १०–१२ वटा कम्प्युटरमा लगानीकर्ताहरु व्यस्त देखिन्थे। त्यत्तिकैमा एक लगानीकर्ताले भने, ‘अप्पर तामाकोशीको सेयरले आज सर्किट नै हान्छ कि क्या हो ?’







