एक व्यक्तिको नाममा भएको शेयर अर्को व्यक्तिको नाममा नामसारी गर्न सकिन्छ । तर नेपालको कानुनले घरायसी तथा मृत्यु नामसारी र अदालतको आदेश अनुसारको नामसारी मात्र गर्न मिल्छ ।
मृत्यु भएका व्यक्तिहरुको खातामा भएका धितोपत्रहरु कानुनी हकवाला वा इच्छाइएको व्यक्तिको खातामा हस्तान्तरण गर्ने कार्यलाई धितोपत्रहरुको घरायसी तथा मृत्यु नामसारी भनिन्छ । धितोपत्र भनेको शेयर हो ।
डिम्याट खातामा भएका धितोपत्रहरुको हकवालामा नामसारीको लागि डिपीलाई आवश्यक कागजातहरु पेश गरु सहजै नामसारी गर्न सकिन्छ । डिपी भनेको आफ्नो डिम्याट खोलेको कम्पनी हो ।
हेर्नुस यसबारे सोधिने सर्वाधिक प्रश्न र तिनीहरुको उत्तर :






