जीवन बीमा कम्पनीहरूले बैंकमा पैसा थुपारेपछि समितिको निर्देशन ‘पूर्वाधारमा लगानी गर्नू’


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जीवन बीमा कम्पनीहरूले बैंकमा पैसा थुपारेपछि समितिको निर्देशन ‘पूर्वाधारमा लगानी गर्नू’

जीवन बीमा कम्पनीहरुलाई पूर्वाधार क्षेत्रमा अनिवार्य लगानी गर्न नियामक बीमा समितिले निर्देशन दिएको छ।

बीमा कम्पनीहरुले बीमितबाट संकलन भएको रकम बैंक खातामा मात्रै जम्मा गर्ने गरेको भन्दै समितिले पूर्वाधार क्षेत्रमा लगानी गर्न निर्देशन दिएको हो। 

‘बीमा कम्पनीहरुको लगानीसम्वन्धी निर्देशिकाअनुसार पूर्वाधार क्षेत्रमा भनेजति लगानी भएको पाइँदैन, निर्देशिकामा तोकिएअनुसार लगानी गर्न निर्देशन दिएका हौं’ समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सेतोपाटीसँग भने। 

जीवन बीमा कम्पनीहरुले टेक्निकल रिजर्भको १० प्रतिशत रकम पूर्वाधार क्षेत्रमा लगानी गर्न सक्ने व्यवस्था निर्देशिकामा छ। 

बीमा कम्पनीहरुले बीमितलाई भविष्यमा तिर्नुपर्ने दायित्वको रकम सुनिश्चित गर्ने कोष नै टेक्निकल रिजर्भ हो।  

मुद्दती निक्षेपमा निर्देशिकाले तोकेको सीमाभन्दा बढी लगानी गर्ने तर अन्य क्षेत्रमा लगानी कम भएपछि समितिले कम्पनीहरुलाई निर्देशन जारी गरेको छ। 

Read More
  • MBL - below news