हाइड्रोपावरले उचाल्यो सेयर बजार, लघुवित्त र बिमाका लगानीकर्ताले गुमाए


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हाइड्रोपावरले उचाल्यो सेयर बजार, लघुवित्त र बिमाका लगानीकर्ताले गुमाए

९ फागुन, काठमाडौं । साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ३ दशमलव ६६ अंकले उकालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ४० दशमलव ३४ अंकमा पुगेको छ ।

आइतबार सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीको सेयर मूल्य धेरै बढेको छ । हाइड्रोपावरको सव–इन्डेक्स ४ प्रतिशत भन्दा धेरैले उकालो लागेको छ । यो समूहमा उछाल आउदा नेप्से परिसूचक पनि उकालो लागेको हो ।

व्यापार, विकास बैंक, होटल लगायतका समूहहरु बढेर हरियो देखिएका छन् भने बैंकिङ, जीवन बिमा, निर्जिबन बिमा र लघुवित्त लगातयका समूहहरु भने घटेर राताम्मे देखिएका छन् । अघिल्लो साता चमक देखिएको बैंकिङ समूह आइतबार ७.१३ अंकले घटेको छ ।

समग्रमा नेप्से परिसूचक बढ्दा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स २.२० अंकले घटेको हो । कारोबार रकम भने ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा माथि भएको छ ।

दिनभर भएका ९३ हजार ३९ कारोबारबाट २०७ कम्पनीका २ करोड ४३ लाख ५ हजार ६६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९६७ रुपैयाँ पुगेको छ ।

Read More
  • MBL - below news