प्राइम लाइफका भुक्तानीहरु स्वचालित हुने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्राइम लाइफका भुक्तानीहरु स्वचालित हुने

प्राइम लाइफ इन्स्युरेन्सको सबै भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्था थालिएको छ।
एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरेर आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा स्वचालित रूपमा कारोबार गर्न सकिने कम्पनीको भनाइ छ। यसभित्र रहेका एनसिएचल आइपिएस तथा कनेक्टआइपिएस प्रणालीमार्फत यस्तो कारोबार   गर्न सकिन्छ।

हाल कम्पनीले सिद्धार्थ बैंक मार्फत यी भुक्तानी कारोबारहरु गर्ने भएको छ।

यससँगै प्राइम लाइफले इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना  लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछन्।

Read More
  • MBL - below news