काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड यही साताको अन्त्यतिर हुने भएको छ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले यही साताको शुक्रबार वा शनिबारसम्ममा महिला लघुवित्तको आईपीओ बाँडफाँड हुने सम्भावना रहेको जनाएको हो । यो लघुवित्तले गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।







