सेयर बजार पुँजीकरण : तथ्यांक कि मिथ्यांक ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजार पुँजीकरण : तथ्यांक कि मिथ्यांक ?

धितोपत्र बजारको दीर्घकालीन विकास र विश्वसनीयताका लागि पनि बजार पुँजीकरणको तथ्यांकीय शुद्धीकरण र गणना विधिमा सुधार अपरिहार्य छ ।

सामान्यतः धितोपत्र बजारमा सूचीकृत कम्पनीको सेयर कित्तालाई अन्तिम कारोबार मूल्यमा गणना भएको कुल बजार मूल्य नै उक्त कम्पनीको बजार पुँजीकरण हो । यसले बजारले तिरेको अन्तिम मूल्यमा अनुमानित सेयरधनीको सेयर सम्पत्ति र कम्पनीको मोल (भ्यालु) जनाउँछ । सूचीकृत कम्पनीहरूको बजार पुँजीकरण जोडेर ‘कुल बजार पुँजीकरण’ तथा सर्वसाधारण सेयरधनीको हिस्साको मात्र पुँजीकरण जोडेर ‘फ्लोट बजार पुँजीकरण’ निस्कन्छ । तसर्थ ‘नेप्से परिसूचक’ कम्पनीको मूल्यगत अवस्था र ‘बजार पुँजीकरण’ प्रचलित मूल्यमा सूचीकृत कम्पनीको बजार आकलित मूल्यगत अवस्था मान्न सकिन्छ । बजार पुँजीकरणले सूचीकृत कम्पनीहरूको सेयरको माग र आपूर्ति, व्यवसाय, मुनाफा, जोखिमजस्ता पक्षहरूको विश्लेषणका आधारमा क्रेताले तिरेको वा तिर्न चाहेको प्रतिकित्ता सेयरको बजार मूल्य र सोका आधारमा बजारमा कम्पनीको मूल्यगत हिस्सा र प्रभावलाई अभिव्यक्त गर्ने मान्यता राखिन्छ ।

नेपालमा बजार पुँजीकरण
सूचीकृत कम्पनीको अन्तिम कारोबार भएको न्यूनतम १० कित्ताको मूल्यले कुल सेयर संख्यालाई गुणन गरेर पुँजीकरण निकालिन्छ । अडलट भनिने १० भन्दा कम कित्ताको मूल्य पुँजीकरण गणनामा प्रयोग गरिन्न । जस्तै, नेपाल टेलिकमको सूचीकृत १५ करोड कित्ता सेयरलाई अन्तिम कारोबार मूल्य प्रतिकित्ता रु. १३५५ ले गुणन गर्दा हुने २.०३ खर्ब रुपैयाँ नै कम्पनीको बजार पुँजीकरण हो, भलै उसको ९२ प्रतिशतभन्दा बढि सेयर कारोबारमा आउँदैन । सूचीकृत कम्पनीको सेयर मूल्यमा परिवर्तन तथा नयाँ कम्पनी थपिएसँगै कुल बजार पुँजीकरण परिवर्तन हुन्छ । नयाँ कम्पनी सूचीकृत हुँदा पहिलो कारोबार दिनको अन्तिम कारोबार मूल्यले कम्पनी र बजार पुँजीकरण निर्धारण हुन्छ ।

Read More
  • MBL - below news