नयाँ अलटाइम हाइ बनाएको नेप्सेमा यस साता के होला?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नयाँ अलटाइम हाइ बनाएको नेप्सेमा यस साता के होला?

गत साता नेप्से, नयाँ अलटाइम हाइ बनाउन सफल भएको थियो। गत साताका अन्तिम कारोबार दिनहरुमा नेप्सेले दैनिक नयाँ उचाइ कायम गर्न लागेको हो।

नेप्सेले दैनिक नयाँ उचाइ कायम गर्दा लगानीकर्ताहरु पनि उत्साहित छन्। यद्यपि, साताको अन्तिम कारोबार दिन नेप्सेमा डोजी मैनबत्ती बनेको छ। यसले सो दिन लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ। समग्र सातामा भने नेप्सेले गत साता बुलिश मारुबोजु मैनबत्ती बनाएको छ।

गत साताको अन्तिम कारोबार दिन नेप्से २६३६.६८ विन्दुमा बन्द भएको थियो। यस अनुसार यस साता नेप्से उकालो लागेमा २७२० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने नेप्सेले २५२० विन्दुमा टेवा पाउने देखिन्छ।

Read More
  • MBL - below news