पछिल्लो समय सर्वसाधारण नागरिकले बैंकमा राखेको रकमको ब्याज ज्यादै कम पाउन थालेका छन् । बैंकमा सर्वसाधारणले राखेको रकमको ब्याज सरदर २ प्रतिशत मात्र पाउन थालेका छन् ।
तर, बजारबाट खरिद गरिने सामग्रीको भाउ दिन प्रतिदिन बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई हेर्ने हो भने पनि गत पुसमा बजार मूल्य बृद्धि ३.५६ प्रतिशतले बढेको देखाएको छ ।
यसको अर्थ सर्वसाधारणले बैंकको बचत खातामा राखेको रकमबाट प्राप्त हुने ब्याजले मात्र बजारबाट बस्तु खरिद गर्न सकिने अवस्था छैन् । बैंकको ब्याजबाट प्राप्त हुने रकम भन्दा बढी तिरेर महंगो मूल्यमा बजारबाट बस्तु खरिद गर्नु पर्ने अवस्था छ ।
अहिले बैंकबाट प्राप्त हुने बचतको ब्याज भन्दा बजार भाउ उच्च भएका कारण सर्वसाधारणलाई घर व्यवहार चलाउन कठिन छ । यस्तो अबस्थामा बैंकमा राखेको रकमको ब्याजले घर ब्यावहार चलाउन कठिन हुने भएकाले बिकल्प खोज्न सर्वसाधारण बाध्य छन् ।
बैंकका राखेको रकमको ब्याजको अम्दानी भन्दा बजार भाउ बढी छ । यसले गर्दा सर्वसाधारणलाई तनाबले थिच्दै लगेको छ ।
बैंकले कम ब्याज दिन थालेपछि पछिल्लो समय बैंक तथा बित्तीय संस्थामा राखेको रकम झिकेर सर्वसाधारणले शेयर बजारमा लगानी गर्न थालेका छन् । शेयर बजारमा जोखिम बढी भएपनि लगानी गर्न थाल्दा नेप्सेले नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको हो ।...






