डा. बिनोद घिमिरे
काठमाडौं : सन् १६०२, नेदरल्याण्डबाट सुरु भएको सेयर खरिदबिक्री र पुँजी परिचालन आज हरेक मुलुकको अर्थतन्त्रको मेरुदण्ड बनिसकेको छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने हाम्रो पुँजी बजारको सुरुवात निकै पछि भएको पाइन्छ । विश्वमा सुरु भएको झन्डै ४०० वर्ष पछि सन् १९९४ नेपाल स्टक एक्सचेन्ज (नेप्से) को स्थापना भयो । नेप्सेले अहिले बल्ल सुधारको गति समाउन थालेको छ ।
प्राविधिक, कानुनी र व्यवहारिक हिसाबसमेत नेप्से विस्तारै अघि बढ्ने क्रम सुरु भएको पाइन्छ । बदलिँदो परिस्थितिमा पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्ड र नेप्सेको जिम्मेवारी भनेको समग्रमा पुँजी बजार थप पारदर्शी र विश्वसनीय बनाउनु नै हो । सीमित पुँजीले असीमित अवसर खोज्न सेयर बजारप्रति आम जनताको आकर्षण कायम हुनुपर्छ ।
तर उचित वित्तीय साक्षरता अभावमा भने पुँजी बजार जोखिमपूर्ण पनि हुन सक्छ । सीमित सूचना वा अरुको देखासिकीमा सेयर बजारमा प्रवेश गर्नु अत्यन्त जोखिमयुक्त हुन्छ। त्यसैले लगानीकर्ताले निकै होसियार र सचेत भएर उचित समयमा उचित सेयर छनोट गर्न सक्नुपर्छ । यो लेख पनि सेयर छनोटमा सचेतना र व्यवस्थापकीय विश्लेषणमा ध्यान दिनुपर्ने विषयमा केन्द्रित छ ।
सेयर बजार र सचेतना
...







