वाणिज्य बैंकहरुको सेयर अन्डरभ्याल्यूड कि ओभरभ्याल्यूड ? हेर्नुहोस् पीइ रेसियो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
वाणिज्य बैंकहरुको सेयर अन्डरभ्याल्यूड कि ओभरभ्याल्यूड ? हेर्नुहोस् पीइ रेसियो

काठमाडौं : पछिल्लो समय सेयर बजार बुलिस ट्रेन्डमा रहेको छ । यसैबीच, वाणिज्य बैंकहरुले दोस्रो त्रैमासको वित्तीय विवरण पनि सार्वजनिक गरिसकेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समग्रमा नाफा लगायत प्रमुख सूचकहरु बढेको छ । प्रतिसेयर आम्दानी पनि सुधार हुँदै गएको छ । दरियो पुँजी आधार, कडा नियमन लगायतका कारणबाट वाणिज्य बैंकहरुको सेयर लगानी अन्य क्षेत्रको तुलनामा निकै सुरक्षित मानिएको छ । साथै, अहिले कायम मूल्यले पनि सेयर भाउ निकै सस्तो देखिन्छ ।

 

अझै केही वाणिज्य बैंकहरुको मूल्य–आम्दानी अनुपात (पीइ रेसियो) ले सेयर भाउ सस्तो नै रहेको देखाउँछ । यसर्थ, दीर्घकालीन लगानी गर्न चाहनेका लागि अहिले पनि राम्रो समय रहेको छ । कुनै पनि कम्पनीको पीइ रेसियोले सामान्यतयः १ रुपैयाँ प्रतिफल पाउन कति मूल्य तिर्नुपर्छ भन्ने जानकारी गराउँछ । पीइ रेसियो २० भन्दा कम भएका कम्पनीहरुलाई निकै सुरक्षित मान्ने चलन छ । तर पीइ २० भन्दा बढी हुँदैमा जोखिम भइसकेको भन्ने होइन । 

Read More
  • MBL - below news