बीमा गर्नेलाई २० प्रतिशत,शेयर होल्डरलाई ४०/ ५० प्रतिशत,यो कति सम्मको न्याय भयो ?: सिलवाल


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बीमा गर्नेलाई २० प्रतिशत,शेयर होल्डरलाई ४०/ ५० प्रतिशत,यो कति सम्मको न्याय भयो ?: सिलवाल

बीमा समितिले नयाँ नेतृत्व पाएकाे छ । फरक पृष्ठभूमिबाट अाएका पूर्व सचिव सूर्य सिलवाल बीमा समितिकाे अध्यक्ष बनेका छन् । पदबहाली भएपछि उनले दिएका प्राय सबै प्रतिकृयाहरूमा  कानूनले दिएका अधिकारलाइ अक्षरस: पालना गर्दै बीमा व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने बचनबद्दता जनाएका छन् ।

 

नव नियुक्त अध्यक्ष सिलवालसँग मेराेलगानीका उप सम्पादक सुवास निराैलाले बिजनेस प्लान कस्ताे बनाउनु भएकाे छ भनेर प्रश्न गरेका छन् । उनले बीमा व्यवसायकाे सुधारका लागि डटेर लाग्ने संकेत दिएका छन् ।

बिमा समितिको अध्यक्ष नियुक्त हुनु भएको छ। सबैभन्दा पहिले यहाँलाई सफल कार्यकालको शुभकामना।

धन्यवाद

बिमा क्षेत्रको विकास र दायरा बिस्तारको जिम्मेवारी तपाईको काँधमा आएको छ। के छन् तपाईका योजना ?

मैले पद बहालीकै दिन चार वटा कुरा भनेको थिए।

ऐनले भनेका चार वटा बुँदामा नियमित गर्ने,व्यवस्थित गर्ने,नियन्त्रित गर्ने र विकसित गर्ने। अब हामीले यी चार वटा कुरामा केन्द्रित भएर हिँड्नु पर्छ। हिजोका दिनमा बिमा कम्पनी कम थिए। अझै बढी आवश्यक भयो भन्ने चौतर्फी आवाज आएपछि बिमा कम्पनीहरूको सङ्ख्या बढेर गयो। अब हाम्रो अपेक्षा के भने १५ औं योजनाले भनेका,सरकारको नीति तथा कार्यक्रमले भनेका,बजेटले भने अनुसार बीमाको पहुँचलाई बिस्तार गर्दै लैजानु पर्छ।त्यो पाटोमा बिमा कम्पनीहरू सिरियस हुनु पर्‍यो। हामीले उहाँहरूको मुल्याङ्कन गर्ने आधार भनेको समितिले दिएका निर्देशनहरूको कतिको परिपालना भयो ? बिमाको पहुँच कति बिस्तार भयो ? बिमामा कतिको फेयर ट्रेड भइरहेको छ ? बीमितले कतिको लाभ पाइराखेका छन् ? जबसम्म बिमितलाई राम्रो प्रतिफल दिँदैनौ तबसम्म उनीहरू यता आकर्षित हुँदैनन्। समयमै हामीले उनीहरूको वाँकी रकम भुक्तानी गर्न सकेका छौ ?

Read More
  • MBL - below news