एनआईसीको साइबरसोर्सलाई पेमेन्ट सर्भिसले बजारमा ल्याउने


  • KBL News Ad
  • ADBL
  • City Express
एनआईसीको साइबरसोर्सलाई पेमेन्ट सर्भिसले बजारमा ल्याउने

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिस नामक फिनटेक कम्पनीले व्यवसायीमाझ पु¥याउने भएको छ । राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमति पाएपछि बैंकले ल्याएको गेटवेले डिजिटल भुक्तानीलाई प्रभावकारी बनाउने बैंकको विश्वास छ । 

यसबाट इच्छुक मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । साइबरसोर्स गेटवे प्रणाली अमेरिका, चीन, भारत लगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको छ ।

Read More
  • EBL Ad news