फागुन ७, काठमाडौं । यस साता वाणिज्य बैंकका शेयरधनीले आकर्षक मुनाफा प्राप्त गरेका छन् । एक हप्तामा २६ ओटा वाणिज्य बैंकहरुको शेयरमूल्य औषतमा ३१ प्रतिशतले वृद्धि भएको हो ।
सबैभन्दा बढी नबिल बैंकको शेयरमूल्य १५४ रुपैयाँले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य गत हप्ता प्रतिकित्ता रू. १ हजार २१२ रहेकोमा यस हप्ता बिहीवार बढेर प्रतिकित्ता रू. १ हजार ३६७ पुगेको हो । दोस्रोमा एनआईसी एशिया बैंकको शेयरमूल्य ७४ रुपैयाँले वृद्धि भएर प्रतिकित्ता रू. ९६३ पुगेको हो ।
पछिल्लो शेयर बजार बढेसँगै लगानीकर्ताले सेक्टरवाइज लगानी गरिरहेका छन् । केहि समय अगाडि इन्स्योरेन्स र लघुवित्त समूहका कम्पनीको शेयरमूल्य बढिरहेको थियो । भने यस हप्ता बैंकहरुतर्फ लगानीको आर्कषण बढेको देखिन्छ । यसो त लगीकर्ताले सबैभन्दा सुरक्षित सेक्टर बैंकिङ मानिरहेका हुन्छन् ।
प्रायः जसो लगानीकर्ताले दीर्घकालिन लाभांशको लागि लगानी गरेका हुन्छन् भने







