नेप्से अब कहाँसम्म पुग्ला भन्ने सर्वत्र चासो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्से अब कहाँसम्म पुग्ला भन्ने सर्वत्र चासो

काठमाडौं : नेपाल राष्ट्र बैंकले सेयर बजारका लागि लाभदायक हुने गरी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्यो । कतिपय लगानीकर्तामा सेयर बजारको बुल रनलाई नकारात्मक असर गर्ने नीतिहरु आउने हुन् कि भन्ने आशंका पनि रहेको थियो । तर राष्ट्र बैंकले बजारलाई असर गर्ने कुनै पनि किसिमका नीतिहरु अर्धवार्षिक समीक्षामा समावेश गरेन । फलस्वरुपः आइतबार मात्रै नेप्से सूचक झण्डै ९३ अंकले बढ्न सफल भयो । अनि, करिब साताभरमा नेप्सेको वृद्धि कायमै रह्यो ।

बजार माथिल्लो विन्दुतिर लागेका बेला केन्द्रीय बैंकले सेयरसँग सम्बन्धित नीतिहरुमा विभिन्न अंकुशहरु लगाउने हल्लाहरु चलाइएका थिए । बैंक तथा फाइनान्स कम्पनीहरुले लघुवित्तको सेयर किन्न नपाउने अनि सेयर धितो कर्जाको सीमा घटाइने लगायतका हल्ला चलाइंदा मौद्रिक नीतिको समीक्षा आउनुअघि बजार केही प्रभावित पनि भएको थियो । विशेषगरी, लघुवित्तको भाउमा असर गरेको थियो ।

Read More
  • MBL - below news