एक महिनामा २ लाख ६२ हजारले खोले डिम्याट खाता


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एक महिनामा २ लाख ६२ हजारले खोले डिम्याट खाता

३० दिनको अवधिमा साढे २ लाख बढी डिम्याट खाता थपिएका छन् । माघ ६ देखि फागुन ६ गतेसम्मको एक महिनाको अवधिमा थप २ लाख ६२ हजार ४ सय ४७ जनाले डिम्याट खाता खोलेका हुन् ।

माघ ६ गते डिम्याट खाताको संख्या  २६ लाख १० हजार ८ सय ६२ रहेकोमा फागुन ६ गतेसम्म यो संख्या बढेर २८ लाख ७३ हजार २ सय ७९ पुगेको छ । अघिल्लो महिना ३ लाख बढी डिम्याट खाता खुलेका थिए  ।  २०७७ पुस ७ देखि माघ ६ गतेसम्मको अवधिमा ३ लाख ९ हजार ३ सय ६ वटा नयाँ डिम्याट खुलेका थिए।

 विशेषगरि नेपाल इन्फ्रास्ट्रकचर बैंकले निष्काशन गर्ने आईपिओमा  आवेदन दिनको लागि डिम्याट खाता खोल्नेको संख्या अत्याधिक बढेको थियो । तर निफ्राको आईपिओ बिक्रि बन्द भएपछि पनि डिम्याट खाता खोल्नेको संख्या बढ्दो छ । 

Read More
  • MBL - below news