सेयर बजारमा यतिबेला नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) सबभन्दा धेरै चर्चामा छ। यो कम्पनीको सेयर चर्चामा आउनुको मुख्य कारण यसको आइपिओ भरेका सबै, १४ लाख ७५ हजारले सेयर पाएका थिए। यति धेरै संख्याले आइपिओ पाएको यो नै पहिलो हो।
बाँडफाँट गर्दा धेरैले ५० र ६० कित्ता सेयर पाए। त्यस्तै बजारमा सबभन्दा धेरै कित्ता सेयर सूचीकृत भएको कम्पनी पनि निफ्रा नै हो। यसको २० करोड कित्ता सेयर सूचीकृत छ।
हाल कम्पनीको बजार पुँजीकरण एक खर्ब नजिक पुगेको छ। सेयर संख्या धेरै भएकाले पनि सूचीकृत भएको छोटो समयमै निफ्राको पुँजीकरण उच्च भएको छ। ...







