ग्रीनलाइफ हाइड्रोले निष्काशन गरेको आईपिओ शुक्रबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलबार आईपिओको प्रि अलोटमेन्ट सकेर शुक्रबार शेयर बाँडफाँड गर्न लागेको हो । शुक्रबार बिहान ९ बजे शेयर बाँडफाँड हुने क्यापिटलले जनाएको हो ।
प्रि अलोटमेन्टमा कति आवेदन परेको छ, ति मध्ये कति अयोग्य भएका छन् , कति योग्य भए र कति जनाले कति कित्ता शेयर पाउँछन् भन्ने विषय टुंगो लगाईन्छ । शेयर बाँडफाँड हुने दिनमा कुन लगानीकर्ताले कति कित्ता शेयर पाउने छन् भन्ने गोलाप्रथाबाट टुंगो लगाईन्छ ।
कम्पनीको आईपिओमा १३ लाख २२ हजार ९ सय ७१ जनाले आवेदन दिएका छन्। जस मध्ये १३ लाख १९ हजार ५९ जनाको मात्र आवेदन योग्य भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट ३ लाख २५ हजार १ सय ६५ जनाले मात्र शेयर पाउने छन् । यी मध्ये २ जना आवेदकले समान ११ कित्ता शेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये ९ लाख ९७ हजार ८ सय ६ जना आवेदक हात खाली हुने छन्। ...






