काठमाण्डौ । बजार अहिले उचाइतिर लम्किरहेको छ। लगानीकर्ताहरु पनि सक्रिय रुपमा सेयरमा पैसा लगाइरहेका छन्।
अहिले विद्यार्थीदेखि रिटार्यड कर्मचारीहरुसम्म सेयर बजारमा झुम्मिएका छन्। कतिपय अध्ययन–अनुसन्धान गरेरै बजार प्रवेश गरेका छन् भने कतिपय साथीभाइ र अरुले भनेकै भरमा लागेका छन्।
सेयर बजारमा लगानी गर्दा अध्ययन–अनुसन्धान अतिआवश्यक हुन्छ। अझै कुनै पनि कम्पनीको सेयरमा लगानी गर्नुअघि त्यस कम्पनीको प्रोफाइल राम्ररी अध्ययन गर्न आवश्य हुन्छ।
वार्षिक प्रतिफलको हिसाबले वारेन बफेटको लगानी सिद्धान्तअनुसार लगानी गर्नुअघि कम्पनीको कम्तीमा विगत ५ वर्षको लाभांश इतिहास हेर्नुपर्ने हुन्छ। सोहीअनुसार आज हामीले नेपालका १४ वटा निर्जीवन बीमा कम्पनीले विगत ५ वर्षमा कति बोनस सेयर वितरण गरे भनेर केलाउने कोसिस गरेका छौँ।







