बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २३.०२ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार ९.९४ अंक बढेर २६११.४५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २३.०२ अंक बढेर २६३४.४७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.०६ अंक घटेको छ।
बिहीबार प्रि ओपन सेसनमा ४६ कम्पनीको २ करोड ५८ लाख ५२ हजार ९०० रुपैयाँ बराबरको ५५ हजार ६८९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३५ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।






