आज फागुन ६ गते बिहिबार २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र नेरुदे लघुवित्तको लाभांश सुक्रषित गर्ने अन्तिम दिन हो ।
यी दुई कम्पनिले साधारणसभा प्रयोजनको लागि फागुन ७ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन ६ गतेसम्म कायाम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । कम्पनीले फागुन २५ गते साधारणसभा बोलाएको छ । काल कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड रहेको छ।






