फागुन ५, काठमाडौं । पूँजीबजार विकास अभियानमा १८ बुँदे मागसहित आमरण अनसनमा बसेका लगानीकर्ता तिलक कोइरालाले बुधवार साढे ४ बजे अनसन तोडेका छन् ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाको उपस्थितिमा आमरण अनसन तोडेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले जानकारी दिएका छन् ।
बुधवारै बोर्डमा लगानीकर्ता र बोर्डका प्रतिनिधिहरु बीच छलफल भएको थियो । बोर्डले लगानीकर्ताले कार्यान्वयनको माग गरेका बुँदाहरु कार्यान्वयनकै चरणमा रहेको भन्दै अनसन तोड्न आग्रह गरेको थियो।
पूँजीबजारको बर्तमान अवस्थामा आवश्यक विषयसँगै थप विषयहरु कार्यान्वयका लागि बोर्डले निरन्तर प्रयास गरिरहेकाले लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्न बोर्डका अध्यक्ष ढुङ्गानाले छलफलका क्रममा आग्रह गरेको रौनियारले जानकारी दिए ।







