बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टले ट्रिपल बि प्लस (BBB+) को इस्युअर रेटिङ पाएको छ । इक्रा नेपालले कम्पनीलाई ट्रिपल बि प्लसको इस्युअर रेटिङ प्रदान गरेको हो । यसले मध्यम जोखिम जनाउछ ।
इक्राले कम्पनीहरुलाई ८ तहमा इस्युअर रेटिङ प्रदान गर्छ । जसमा AAA सबैभन्दा उत्तम रेटिङ हो भने D सबैभन्दा कमजोर रेटिङ हो । कम्पनीले पाएको रेटिङ चौथो उत्तम रेटिङ हो । रेटिङमा प्रयोग हुने प्लस र माइनसले रेटिङको तुलनात्मक स्थिति अथवा मजबुती लाई जनाउछ । इस्युअर रेटिङ आईपिओ , हकप्रद वा एफपिओको नभई समग्र कम्पनी कै रेटिङ हो । यसले कम्पनीको समग्र अवस्था जनाउछ ।
नेपाल इन्फ्रास्ट्रकचर बैंकले ट्रिपल बि (BBB) को इस्युअर रेटिङ पाएको थियो । सर्वोत्तम सिमेन्टले ट्रिपल बि प्लस पाएकोले सिमेन्टले पाएको रेटिङ निफ्राले पाएको भन्दा उत्तम हो ।
सर्वोत्तम सिमेन्टले बुक विल्डिङमार्फत साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले माघ ६ गतेको साधारणसभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।






