आईपिओ आवेदन रद्द भएपछि तात्यो इमर्जिङ नेपाल, हकप्रदपछि आईपिओ ल्याउने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईपिओ आवेदन रद्द भएपछि तात्यो इमर्जिङ नेपाल, हकप्रदपछि आईपिओ ल्याउने

नेपाल धितोपत्र बोर्डले आफ्नो कम्पनीको आईपिओ आवेदन रद्द गरिदिएपछि इमर्जिङ नेपालले आफ्ना संस्थापक शेयरधनीलाई हकप्रद वापतको रकम जम्मा गर्न आग्रह गरेको छ। कम्पनीले आज फागुन ५ गते सूचना प्रकाशित गर्दै ३५ दिन भित्र हकप्रद वापतको रकम जम्मा गरि सक्न संस्थापक शेयरधनीहरुलाई आग्रह गरेको हो । 

नेपाल धितोपत्र बोर्डले चुक्ता पुँजी ५० करोड पुर्याएपछि मात्र आईपिओ  निष्काशनको लागि अनुमति दिने जानकारी कम्पनीलाई जानकारी गराएको थियो । सोहि अनुसार कम्पनीको गत पुसमा सम्पन्न साधारणसभाले ११.१२ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।  हाल कम्पनीको चुक्ता पुँजी ४५ करोड रहेकोमा सो हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ५० करोड पुग्ने छ ।  कम्पनीले ५० करोड चुक्ता पुँजी पुगेको जानकारी बोर्डमा नगराएपछि लामो समयदेखि कम्पनीको आईपिओले अनुमति पाउन सकेको थिएन ।  

Read More
  • MBL - below news