महिला लघुवित्तको आइपीओ आज पनि भर्न पाइने, किन थपियो समय ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महिला लघुवित्तको आइपीओ आज पनि भर्न पाइने, किन थपियो समय ?

काठमाडौं : महिला लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज बुधबार (फागुन ५ गते) अन्तिम दिन हो । यसअघि फागुन ४ गते मंगलबार आवेदन दिने अन्तिम दिन भनिए पनि माघ ३० गते सोनाम लोसारका अवसरमा सार्वजनिक विदा परेपछि सेयर भर्ने समय १ दिन लम्ब्याइएको हो । यस आइपीओमा मंगलबार साँझ ५ बजेसम्म २ अर्ब २४ करोड ८२ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ ।

सीडीएसका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा १४ लाख ४४ हजार ५८८ जनाले २ करोड २४ लाख ८२ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ५९.९५ गुणा बढी आवेदन हो । ...

Read More
  • MBL - below news