महिला लघुवित्तको आईपीओमा १४ लाखभन्दा बढीले दिए करीब ६० गुणा बढी आवेदन*


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महिला लघुवित्तको आईपीओमा १४ लाखभन्दा बढीले दिए करीब ६० गुणा बढी आवेदन*

फागुन ३, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा मंगलवारसम्म १४ लाख ४४ हजार ५८८ जनाले आवेदन दिएका छन् । 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार मंगलवार साँझ ५ बजेसम्म ती आवेदकहरुबाट २ करोड २४ लाख ८२ हजार ७२० कित्ताका लागि आवेदन परेको हो । जुुन मागभन्दा ५९ दशमलव ९५ गुणा बढी हो । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन फागुन ५ गते बुधवारसम्म रहेको छ ।

कम्पनीले माघ ३० गतेदेखि सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो । प्रतिकित्ता रू. १०० अंकित दरको कुल ४ लाख कित्ता आईपीओमध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र २० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित राखेको छ । 

यो आईपीओमा आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म दिन सकिने व्यवस्था थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड रहेको छ ।

Read More
  • MBL - below news