काठमाडौं : नेप्से सूचक २६०० विन्दु माथि उक्लिएको छ । इन्ट्रा डे कारोबारमा बजारले नयाँ उचाई छोएको हो । यो पुँजी बजारको अहिलेसम्मकै उच्च विन्दु हो । केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षा गरेपछि बजारमा थप उत्साह थपिएको छ । सेयर बजारलाई प्रत्यक्ष असर गर्ने नीतिनियमहरुमा कुनै परिमार्जन गरिएको छैन । जसका कारण लगानीकर्ताहरु उत्साहित देखिएका हुन् । सूचकमा तेजी आइरहँदा कारोबार रकममा पनि उत्साह थपिएको छ ।
वित्तीय प्रणालीमा सहज तरलता, सस्तो ब्याजदर अनि पुँजी बजारमैत्री नीतिनियमका अनुसार बजारले नयाँ उचाई बनाउन सकेको हो । यो समाचार तयार पार्दासम्म (करिब १ः२७ बजे) आसपासमा नेप्से सूचक २२ अंकले बढेर २६०८ विन्दु आसपासमा रहेको छ । ६ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको कारोबार भइसकेको छ । बैंकिङ समूहमा विशेष तेजी आएको छ ।







