काठमाडौं । मंगलबार चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । यो दिन प्रतिकित्ता रू. २० ले बढेर कम्पनीको शेयरमूल्य रू. २२० कायम भएको छ ।
खरिद चाप उच्च हुदाँ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको देखिन्छ । मंगलवार १ बजेर ४० मिनेटसम्मको कारोबारमा कम्पनीको ८ लाख ८४ हजार ७६४ कित्ता शेयर खरिद गर्ने माग रहेको छ ।
यस अवधिसम्म विक्री कर्ता भने देखिएका छैनन् । प्रतिकित्ता रू. २०४ देखि मंगलवार कम्पनीको शेयर कारोबार खुला भएको थियो । माघ २५ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको यस कम्पनीको शेयरमूल्य निरन्तर बढीरहेको छ ।







