ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको प्रि-अलटमेन्ट आज (मंगलबार) हुँदैछ । प्रि-अलटमेन्ट सम्पन्न भएपछी सो को जानकारी नेपाल धितोपत्र बोर्डलाई दिइन्छ र बोर्डको अनुमतिपछी आईपीओको बाँडफाँड गरिने प्रावधान छ ।
बिक्री प्रबन्धक बि.ओ.के क्यापिटलका अनुसारका अनुसार कम्पनीको साधारण सेयर (आईपीओ) काे बाँडफाँड शुक्रबार हुनेछ ।
आईपीओमा १३ लाख २६ हजार ७७ जना आवेदकले २ अर्ब ३७ करोड ३० लाख १८ हजार रूपैयाँ बराबरको २ करोड ३७ लाख ३० हजार १ सय ८० कित्ताको लागि आवेदन परेको छ । यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा ३ लाख २५ हजार १ सय ६५ जना आवेदकले मात्र सेयर हात पार्नेछन् भने बाँकी १० लाख ९ सय भन्दा धेरै जनाकाे हात खाली हुनेछ । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ७.३० गुणा धेरै हो ।







