महिला लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महिला लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : महिला लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज मंगलबार (फागुन ४ गते) अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । संस्थाले माघ ३० गतेबाट ४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

कुल खुला गरिएको मध्ये ०.५% (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५% (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

 लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । यो आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ ।  सोमबार ५ बजेसम्म कम्पनीको आइपीओमा ४९.४२ गुणा बढी आवेदन परेको बिक्री प्रबन्धकले बताएको छ ।

Read More
  • MBL - below news