नेपाल धितोपत्र बोर्डले विभिन्न कम्पनीहरुको हकप्रद तथा आइपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा पेश गरिएका आवेदन रद्द गरेको छ । सार्वजनिक निष्काशनको प्रक्रिया अगाडी बढाएका तर बोर्डले माग गरेका कागजात तथा विवरणहरु समय मै उपलब्ध नगराएका कम्पनीको आवेदन रद्द गरिएको बोर्डले जनाएको छ ।
यस संगै बोर्डको वेबसाइटमा हकप्रदको लागि पाईपलाइनमा रहेका एचआईडिसीएसल, बरुण हाइड्रो, ङादी हाइड्रोको नाम सुचिबाट हटिसकेको छ । बोर्डका अनुसार यी कम्पनीहरुले बोर्डले माग गरेको आवश्यक कागजातहरु ६ महिना बिती सक्दा पनि पेश नगरेकोले आवेदन रद्द गरिएको हो । बोर्डका सहायक प्रवक्ता रुपेश केसीका अनुसार बोर्डले कमेन्ट पठाएको ६ महिना वा सो भन्दा बढी समयसम्म पनि कुनै जवाफ नदिएका कम्पनीको हकप्रद आवेदन रद्द गरिएको हो । उनका अनुसार अब ति कम्पनीले हकप्रद निष्काशन गर्नको लागि सुरु देखि नै प्रक्रिया अगाडी बढाएर आवेदन दिनु पर्ने छ ।






