महिला लघुवित्तको आईपीओमा करिब ५० गुणा बढि आवेदन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महिला लघुवित्तको आईपीओमा करिब ५० गुणा बढि आवेदन

महिला लघुवित्त वित्तिय संस्थाको (MahilaLaghubitta) आईपीओमा १ अर्ब ८५ करोड रुपैयाँ भन्दा धेरैको आवेदन परेको छ । सोमबार बेलुकासम्ममा १२ लाख १ हजार ८९० हजार आवेदनबाट सो बराबरको शेयर माग गरिएको हो ।


लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैकिंग लिमिटेडका अनुसार आईपीओमा एक करोड ८५ लाख ३५ हजार १०० कित्ता अर्थात १ अर्ब ८५ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सो आवेदन सर्वसाधारणकालागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ४९.४२ गुणा बढि हुन आउँछ ।

लघुवित्तको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ। पछिल्लो समय आईपीओमा आवेदन दिनेको संख्या उच्च देखिएको छ। त्यस अनुसार यस संस्थाको आईपीओ पनि १० कित्ता शेयरको लागि आवेदन गरे पुग्ने देखिन्छ।

लघुवित्तको आईपीओमा फागुन ५ गतेसम्ममा आवेदन दिन सकिनेछ।

Read More
  • MBL - below news