काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले अब हरेक प्रदेशमा कम्तीमा ५ प्रादेशिक स्तरको धितोपत्र दलाल व्यवसायी(स्टक ब्रोकर) दिने भएको छ ।
बोर्डले अबको १ महिनाभित्रै ७ वटै प्रदेशमा नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको हो ।
संघीय संरचनामा मुलुक गइसकेपछि नेपाल धितोपत्र बोर्डले प्रादेशिक ब्रोकर लाइसेन्सको अवधारणालाई अघि सारेकोमा अब १ महिनाभित्रै प्रादेशिक ब्रोकर लाइसेन्स दिने विषयमा अन्तिम प्रारुप तयार गरिएको धितोपत्र बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले जानकारी दिएका छन्।
अब हरेक प्रदेशमा कम्तीमा ५ वटा नयाँ धितोपत्र दलाल व्यवसायी(स्टक ब्रोकर)को लाइसेन्स दिन तयारी भइरहेको जिकिर गरेको बोर्ड अध्यक्ष ढुंगानाले प्रादेशिक ब्रोकर प्रदेशकै व्यक्तिले सञ्चालन गर्नुपर्ने शर्त राखिएको बताए ।






