महालक्ष्मी लाईफ इन्स्योरेन्सको साधारण सभाले पारित गर्‍यो आईपीओ निष्कासन गर्ने प्रस्ताव


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महालक्ष्मी लाईफ इन्स्योरेन्सको साधारण सभाले पारित गर्‍यो आईपीओ निष्कासन गर्ने प्रस्ताव

फागुन ३, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा काठमाडौंमा सोमवार सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार  भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीबन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी दिएका थिए ।

अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको वर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए । सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनसहित आव २०७५/ ७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पनि पास गरेको छ ।

सभामा संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित  भएका छन् ।

Read More
  • MBL - below news