ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँड हुने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँड हुने

ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओ यसै साता बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलको अनुसार सर्वसाधारणमा बिक्री गरेको आइपीओ यसै शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ।

हाइड्रोपावरको आइपीओमा १३ लाख ३७ हजार ९४२ जना आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। यो कम्पनीले बिक्रीमा ल्याएको आइपीओको ७.३७ गुणा धेरै हो।

मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ।

त्यस अनुसार ३ लाख २५ हजार १६५ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन्। हालसम्म आवेदन दिएकामध्ये १० लाख १२ हजार अर्थात ७५.७ प्रतिशलले शेयर नपाउने देखिन्छ।

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

Read More
  • MBL - below news