मौद्रिक नीतिको समीक्षापछि सेयर बजार उत्साहित


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मौद्रिक नीतिको समीक्षापछि सेयर बजार उत्साहित

३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएकाे मौद्रिक नीतिकाे अर्धवार्षिक समीक्षा गरेको भाेलिपल्ट साेमबार सेयर बजार परिसूचक नेप्से बढेको छ ।

लघुवित्त समूहकाे सब इन्डेक्स धेरै बढ्दा सेयर बजारमा उत्साह देखिएको छ । मौद्रिक नीतिले सेयर धिताे कर्जामा कडाइ गर्ने चर्चा चलेको थियाे तर सेयर धिताे कर्जाकाे विद्यमान व्यवस्था यथावत राखेको छ ।  यसले पनि बजारलाई सकारात्मक असर परेकाे हाे ।

साेमबार सेयर काराेबार मापक नेप्से परिसूचक ९२.४२ अंकले उकालाे लागेर २ हजार ५ सय ८६ दशमलव ०१ अंकमा पुगेको छ । काराेबार रकममा उत्साह नै देखिएको छ । दिनभर २ कराेड २४ लाख भन्दा धेरै कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३८ कराेड ४१ लाख रुपैयाँ माथि काराेबार पुगेको छ ।

Read More
  • MBL - below news