अपि पावरको ९% बोनस सेयर सूचीकरण


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अपि पावरको ९% बोनस सेयर सूचीकरण

काठमाडौं  : नेप्सेमा अपि पावरको १७ लाख २० हजार ५६१.५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ९% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो ।
 

हाल यसको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड ३२ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ३९ पैसा रहेको छ ।  

Read More
  • MBL - below news