बजारमा हरियाली, सवा १ घन्टामै ४ अर्बको सेयर कारोबार


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बजारमा हरियाली, सवा १ घन्टामै ४ अर्बको सेयर कारोबार

काठमाण्डौ । हिजो दोहोरो अंकको करेक्सन आएको सेयर बजारमा आज सोमबारमा जुल्जार छाएको छ। 

यो समाचार तयार पर्दासम्म ४ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ। अहिलेसम्म नेप्सेमा सूचीकृत १९४ कम्पनीका ५१ लाख ८२ हजार ६० कित्ता सेयर ४ अर्ब १ करोड ७ लाख १४ हजार ९७४ रुपैयाँमा किनबेच भइसकेको छ। सेयर किनबेचको यो रफ्तारलाई हेर्दा आज कारोबार रकमले नयाँ कीर्तिमान कामय गर्ने सम्भावना प्रबल बनेको छ। 

अहिले नेप्से उपसमूहमा रहेका १२ वटै समूहमा हरियाली छाएको छ। तीमध्ये जीवन बीमा समूहमा सर्वाधिक ५०७.९८ अंकको बढोत्तरी देखिएको छ। निर्जीवन बीमा समूह र लघुवित्त समूहमा उछाल आएको छ। 

कारोबार भइरहेको अहिलेको अवस्थामा नेप्से परिसूचक ६८.८४ अंकले बढेर २५६२.४२ को उचाइमा पुगेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.७६ अंकले बढेर ४६४.८७ को विन्दुमा उक्लिएको छ। 

Read More
  • MBL - below news