साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से करिब २४ अंक बढेको छ।
अघिल्लो कारोबार दिन ३३.३३ अंक घटेर २४९३.५९ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा २३.८६ अंक बढेर २५१७.४६ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.३२ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा २३ कम्पनीको २९ लाख २६ हजार २७५ रुपैयाँ बराबरको ३ हजार ४१५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।







