कुन बैंकको सेयर किन्दा तपाईंलाई धेरै फाइदा होला?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कुन बैंकको सेयर किन्दा तपाईंलाई धेरै फाइदा होला?

सेयर बजार उच्च विन्दुमा पुगेको यो बेला कतिपय लगानीकर्ता पैसा कमाइन्छ भन्ने हल्लाकै भरमा लगानी गरिरहेका छन्। यतिबेला बजारको अंक धेरै माथि पुगिसकेको छ। हाल परिसूचक नेप्से २४९३ अंकमा छ। गत सोमबार बजारले २५६१ को नयाँ कीर्तिमानी बनाएको थियो। 

बजार जति माथि बढ्दै जान्छ, त्यति नै कम्पनीको वित्तीय स्थिति केलाएर, सुझबुझपूर्ण रूपमा मात्रै लगानी गर्नुपर्छ। लगानी गरेपछि बजारको मूल्य उतार-चढावभन्दा बर्सेनि दिने लाभांशप्रति विश्वस्त हुन जरुरी छ। 

लाभांश बढाउन सक्ने क्षमता छ/छैन भन्न केही तथ्य भने केलाउनुपर्ने सुझाव दिन्छन् अनुभवी लगानीकर्ताहरू। सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल वाणिज्य बैंकहरू लगानीका लागि सबभन्दा सुरक्षित रहेको बताउँछन्।

२५ वर्षदेखि सेयर बजारमा लाग्दै आएका अर्याल भन्छन्, ‘नेप्से अंक धेरै देखिए पनि वाणिज्य बैंकहरूको मूल्य अझै बढ्न सकेको छैन। कोरोनाले असर परेको अर्थतन्त्र उकास्न बैंकहरूको बिजनेस अब बढ्ने क्रममा छ।’

Read More
  • MBL - below news