शेयर धितो कर्जा हेरफेर भएन, गभर्नर भन्छन्,‘कसैले कमाएको छ भनेर रिसडाह गर्न हुँदैन’


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शेयर धितो कर्जा हेरफेर भएन, गभर्नर भन्छन्,‘कसैले कमाएको छ भनेर रिसडाह गर्न हुँदैन’

शेयर धितो कर्जामा हेरफेर हुने निकै चर्चा शेयर बजारमा भएपनि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा त्यस्तो कुनै परिवर्तन भने गरेन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो कर्जामा कुनै परिवर्तन नगरिएको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको क्रममा जानकारी गराए ।

गभर्नर अधिकारीले आइतबार नै भर्चुअल माध्यमबाट मौद्रिक समिक्षा गर्दै बजारमा अनेक हल्ला आउने र त्यसको पछाडि नलाग्न पनि लगानीकर्तालाई आग्रह गरे ।‘कसैले कमाएको छ भने रिसडाह गर्नु हुँदैन्,’ उनले भने, ‘कोरोना भाइरसको खोप आएको र कोरोना भाइरसको संक्रमणपछि अर्थतन्त्र लयमा फर्कन लागेको छ ।’

गत असारमा ४ प्रतिशत मात्र उद्योग व्यसाय सञ्चालन आएकोमा अहिले ५४ प्रतिशत सञ्चालन आइसको जानकारी राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख गुणाकर भट्टले बताए ।

राष्ट्र बैंकले सरोकारवालाहरुसँग छलफल गरेर चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको अर्धवर्षिक समिक्षा गरेको हो ।

Read More
  • MBL - below news