सिद्धार्थ बैंकले नयाँ पुस्तालाई लक्षित गर्दै सिद्धार्थ ‘जेन-जेड’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ।
यो बचत खाता सन् १९९५ र सो भन्दा पछि जन्मेका ग्राहकले शून्य मौज्दातमै खोल्न सक्नेछन्। यो खाता नाबालकको हकमा पनि खोल्न सकिने छ।
बैंकका अनुसार यो अनलाइन मार्फत पनि खोल्न सकिने, आकर्षक ब्याजदर सहितको सुविधा सम्पन्न प्रिमियम बचत खाता हो।
यो खातामा ५ लाखसम्मको पूर्ण शारीरिक अशक्ततारदुर्घटना मृत्यु बीमा सुविधा समेत प्रदान गरिने छ। बीमा सुविधा दाबी गर्नका लागि भने ग्राहकको खातामा न्युन्तम मौज्दात १० हजार हुनुपर्नेछ।
यस बचत खातामा ग्राहकले पहिलो २ वर्षका लागि निशुल्क डेबिट कार्ड, इन्टरनेट/मोबाइल बैंकिङ, डिम्याट/मेरो सेयर/सिआस्बाको सुविधा पाउने छन्।