महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा परेको आवेदन भेरीफाइ गर्न बैंकहरुलाई हम्मेहम्मे परेको छ । आईपीओ निष्कासन गरेको दिन गरी दुई दिन अर्थाता माघ ३० गते सार्वजनिक विदा र फागुन १ गते शनिबार मेरो सेयरबाट परेको आवेदन भेरीफाई गर्न हम्मेहम्मे परेको हो ।
बिदाको दिनमा पनि लगानीकर्ताले मेरो सेयरबाट घरबाटै आवेदन दिएका थिए । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्टले दिएको सूचनाले पनि अझै लाखौं लगानीकर्ताको आवेदन भेरीफाइ भएको देखिदैन ।अहिले कुनै पनि कम्पनीको आईपीओ निष्कासन हुँदा १५ लाख भन्दा बढी जना आवेदकको सेयर आवेदन पर्ने गर्छ ।
आइतबार साँझसम्म बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्टको अनुसार १ लाख ५३ हजार ७६ जना आवेदकबाट २३ लाख ४ हजार १२० कित्ताको लागि आवेदन दिएका छन् ।
ताकि, आइपिओ निष्काशन भएको तीन दिन भैसक्यो । शनिबार पनि लगानीकर्ताले सजिलै मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।







