काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले २०७७ फाल्गुण १ गते वीरगञ्ज स्थित नेप्लिज योङ्ग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) वीरगञ्ज च्याप्टरको सहकार्यमा वीरगञ्जमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ ।
उद्योग वाणिज्य संघ वीरगञ्जको सभाहलमा आयोजित कार्यक्रममा करिब २५० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य महासंघ प्रदेश २ का कार्यकारी सदस्य तथा उद्योग वाणिज्य संघ वीरगञ्जका पूर्व अध्यक्ष अशोक टेमानीले सहभागीहरुलाई सेयर बजारको महत्व र यसमा लगानी गर्दा हुने फाइदाहरुबारे जानकारी दिए ।







