नेपाल स्टक एक्सचेञ्जले वार्षिक प्रतिवेदन नबुझाएको भन्दै कारोबार रोक्का गरेको कम्पनीको शेयर कारोबार खुल्ने भएको छ।
नेप्सेले कालिका लघुवित्त, रैराङ हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रो र नेपाल हाइड्रो डेभलपर्स गरी ४ कम्पनीकाे शेयर कारोबार फुकुवा गर्न लागेको हो। सोमबारबाट कारोबार गर्न मिल्ने गरी उक्त कम्पनीहरुको शेयर कारोबार खोल्न लागेको नेप्सेले जनाएको छ।
कम्पनीले नेप्सेले मागे अनुसारको विवरण बुभाएपछि शेयर कारोबार फुुकुवा गर्न लागेको हो।
यता राष्ट्रिय बिमा कम्पनीकाे भने शेयर काराेबार खुल्न भने केहि दिन अझै लाग्ने नेप्सेले जनाएकाे छ।







